गठबन्धनमा फेरबदलसँगै आजै सानो आकारको मन्त्रिमण्डल बन्ने मुख्यमन्त्रीमा आलोपालो

२१ फाल्गुन २०८०, सोमबार १२:०२ प्रकाशित

प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको बैठक बसिरहेको छ । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ ।

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने चर्चा छ ।

पदम गिरी र वर्षमानको करिब टुंगो लागिसकेको सम्बन्धित पार्टीका नेताले बताएका छन् ।
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै देबेन्द्र पौडेलले अघि भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

२१ फाल्गुन २०८०, सोमबार १२:०२  मा प्रकाशित

Write your Comment