कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ जनाको मृत्यु , ३२ जनाको उद्धार

२३ फाल्गुन २०८०, बुधबार ०७:५८ प्रकाशित

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस आज बिहान ५ बजे त्रिशुलीमा खसेकाे छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।

बसमा सवार ३२ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यबस्थापन सुरक्षा बेश आदमघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको जनाइएको छ ।

बसमा सवार यात्रुहरुको खोजीको लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको छ । बसमा कतिजना यात्रु थिए भन्ने अहिले सम्म खुल्न सकेको छैन भने घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२३ फाल्गुन २०८०, बुधबार ०७:५८  मा प्रकाशित

Write your Comment