बाराको औराहामा चैत्र ३ गते देखि जीतपुरसिमरा क्रिकेट कपको आयोजना हुने

२८ फाल्गुन २०८०, सोमबार १८:४९ प्रकाशित

बाराको जितपुरसिमरा उपमहानगपालिकाको औराहामा चैत्र ३ गते देखि जीतपुरसिमरा क्रिकेट कपको आयोजना हुने भएको छ । आयोजक अभियान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

आयोजकका अनुसार चैत्र ३ गतेदेखि जीतपुरसिमरा-४ स्थित औराहमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । राउन्ड रोबिनका आधारमा संचालन हुने प्रतियोगितामा आयोजकसहित ६ टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा आयोजक टिम जीतपुरसिमरा स्पोर्ट्स क्लब, बारा, मकवानपुर, पर्सा, चितवन, रुपन्देहीको सहभागिता रहने प्रतियोगिताका संयोजक सोमलाल बम्जनले जानकारी दिए । चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगिताको प्लेयर अफ दि सिरिजले १० हजार नगद र उत्कृष्ट बलर तथा ब्याट्सम्यानलाई समेत पुरस्कृत गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताका लागि यतिबेला औराहस्थित विशेष आर्थिक क्षेत्र (सेज) अगाडिको मैदान तयारी भइरहेको छ । आयोजकले पाँच लाख भन्दा बढीको लागतमा मैदानको तयारी गरिरहेको हो ।
क्रिकेट गतिविधि
र स्थानिय दक्ष खेलाडी उत्पादनलाइ निरन्तरता दिने उदेश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताउँदै आयोजकले अनुमानित २४ लाख खर्च हुने जनाएको छ ।

पत्रकार सम्मेलनमा मुख्य सहयोगी जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, एमाले युवा नेता त्रिलोक बिक्रम साह, रवीन्द्र खकुरेल, अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

२८ फाल्गुन २०८०, सोमबार १८:४९  मा प्रकाशित

Write your Comment