अनेरास्ववियु बाराद्वारा होली मिलन कार्यक्रमको आयोजना

९ चैत्र २०८०, शुक्रबार २२:०८ प्रकाशित

बारा ९ चैत्र :
नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले शुक्रबार होली मिलन कार्यक्रमको आयोजना गरेको छ । अनेरास्ववियुले प्रसौनीमा शुभकामना आदनप्रदान समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी वक्ताले सद्भावको रुपमा मनाईने होली पर्वको सांस्कृतिक एवम् सामाजिक महत्वका विषयमा चर्चा गरेका थिए । रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा वक्ताले जोड दिएका थिए । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले एक अर्कालाई अबिर लगाएर शुभकामना आदनप्रदान समेत गरेका थिए ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज अन्जना सिवाकोटी,एमाले केन्द्रीय सदस्य एकवाल मियाँ,एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष आरपी अधिकारी, केन्द्रीय सदस्य मनिष प्याकुरेल, केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज लक्ष्मी तिमिल्सिना,अशेस्वर गुप्ता,विद्यार्थी नेता यासिर अर्फादलगायतको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष शंकर यादवले गरेका थिए । कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका नेताकार्यकर्ताले सहभागिता जनाएका थिए ।

९ चैत्र २०८०, शुक्रबार २२:०८  मा प्रकाशित

Write your Comment