निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक समयमा बन्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल

१९ चैत्र २०८०, सोमबार २३:५१ प्रकाशित

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल र निजगढ— काठमाण्डौ फास्ट ट्रयाक शिघ्र निर्माण होस भन्ने जनताको तिब्र चाहना भएको बताउनु भएको छ । कलैयामा आयोजित एमालेको ११ औँ जिल्ला अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले निजगढ— काठमाण्डौ फास्ट ट्रयाक अल्मलिन खोज्दै गरेको भए पनि हामीले फास्ट ट्रयाक बनाएर नै छाड्ने बताए । यसलाई अल्मिलाउन चाहने जो कसैलाई पनि छुट दिने छैनौ र अब फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय बिमान स्थल बारा जिल्लामा छिटै बन्ने उपाध्यक्ष पोखरेलले जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बताए ।वर्तमान सरकार फरक पार्टी र विचार बिचको गठबन्धन नभएर राष्ट्रिय आवश्यकता भएको भन्दै उपाध्यक्ष पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको बताउनुभयो । एमाले बाराका अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेको उपाध्यक्ष इश्वर पोखरेलले गमलामा पानि राखेर गरेका थिए । नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशनमा एमाले सचिव तथा उपप्रधान मन्त्री एवम भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, केन्द्रिय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, रामदयाल मण्डल, कृषि मन्त्री एवं पोलिट ब्यूरो सदस्य ज्वालाकुमारी साह, अच्युत मैनाली ,प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,मधेश प्रदेशका भौतिक पूर्वधार मन्त्री सरोज यादव,प्रदेश सचिब मनोज पौडेललगायतले अधिवेशन सफलताको कामना ब्यक्त गरेकाथिए। अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।कार्यक्रमको सहजिकरण  जिल्ला सचिब अध्यानन्द पाण्डे र स्वागत उपध्यक्ष टिना सुबेदिको रहेको थियो ।

१९ चैत्र २०८०, सोमबार २३:५१  मा प्रकाशित

Write your Comment