अनुभबी शिक्षकलाइ बेवास्ता गर्दै स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती वडा अध्यक्ष खरेलको आपत्ति

१२ बैशाख २०८१, बुधबार २०:२३ प्रकाशित

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले उपमहानगरपालिकाले स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती आपत्ती जनाउनु भएको छ ।खरेलले कलेज अध्ययन गरिरहेका (स्नातक र स्नातकोत्तर ) विद्यार्थीहरुलाइ पढाई बिगार्ने गरि स्वयम् सेवक शिक्षक भर्ना छनौट बिज्ञापनको परीक्षा लिन लागेकोले एकपटक पनि कार्यपालिकामा छलफल तथा विषय नै प्रस्तुत नगराई लाखौं रकम हिनामिना गर्न लागिएको भन्दै सो खेल तुरुन्तै बन्द गरियोस भन्नु भएको छ ।लामो समय अध्यापन गराएका अनुभबी तर भर्खरै अवकाश पाएका २७ जना अस्थायी शिक्षकहरुलाइ बेवास्ता गरिएको प्रती पनि दुख ब्यक्त गर्नुभएको छ ।
उहाले आज सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो लेख्नु भएको छ ।

“जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका हज्जारौं शैक्षिक बेरोजगार तथा भर्खरै अवकाश पाएका २७ जना अस्थायी शिक्षकहरुलाइ बेवास्ता गर्दै जबर्जस्ती कलेज अध्ययन गरिरहेका (स्नातक र स्नातकोत्तर ) विद्यार्थीहरुलाइ पढाई बिगार्ने गरि स्वयम् सेवक शिक्षक भर्ना छनौट बिज्ञापनको परीक्षा लिन लागेकोले एकपटक पनि कार्यपालिकामा छलफल तथा विषय नै प्रस्तुत नगराई लाखौं रकम हिनामिना गर्न लागिएको खेल तुरुन्तै बन्द गरियोस् ।यदि नगरको शिक्षा सुधार गर्न खोजिएको हो भने सार्वजनिक सूचना मार्फत शैक्षिक /बौद्धिक बेरोजगार बाट खुल्ला प्रतिस्पर्धा बाट माग गरि प्रतिस्पर्धामा छनौट गरि समस्याको समाधान सर्वपक्षीय छलफल बाट अघि बढन सुझाव दिन चाहान्छु।अन्यथा जनताको करलाई दुरुपयोग गर्ने जो कोहीले कारवाही भोग्नुपरेका कयौं नजीर हेर्दा राम्रो हुनेछ ।स्मरण रहोस् कार्यपालिकाको जानकारी बिना हाल सम्म १९ लाख खर्च भएको भन्ने सुनिएको छ।सतर्क हुन सम्पूर्ण नगर बासीमा अनुरोध गर्दछु “।

१२ बैशाख २०८१, बुधबार २०:२३  मा प्रकाशित

Write your Comment