एमाले अध्यक्ष के पि ओलिले बैशाख ३१ गते बाराको परसौनी गा.पाको भवनको उदघाटन गर्ने

२८ बैशाख २०८१, शुक्रबार १७:४६ प्रकाशित

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पि शर्मा ओलि बैशाख ३१ गते सोमबारका दिन बारा आउने कार्यक्रम रहेको छ । बाराको परसौनी गाउपालिकाको प्रशासनिक भवनको उदधाटन गर्न अध्यक्ष ओलि परसौनी आउन लाग्नु भएको हो ।
अध्यक्ष ओलिले भवनको उदघाटन बिहान ११ बजे गर्नुहुने छ ।
भवनको निर्माण कार्य पुरा भैसकेको छ ।त्यसैगरी अध्यक्ष ओलि सोहि दिन नेकपा एमाले पर्साको जिल्ला अधिबेशनमा निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२८ बैशाख २०८१, शुक्रबार १७:४६  मा प्रकाशित

Write your Comment