एमालेले मधेस प्रदेशका स्थानिय तहका जनप्रतिनिधीहरुलाई ३ दिने प्रशिक्षण गर्दै

११ जेष्ठ २०८१, शुक्रबार २०:४५ प्रकाशित

नेकपा एमाले स्थानिय विकाश विभाग तथा केन्द्रीय पार्टी स्कुल विभागको आयोजना तथा नेकपा एमाले मधेस प्रदेश कमिटीको व्यवस्थापनमा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु तथा पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश पदाधिकारीहरु सम्मिलित ३ दिने प्रशिक्षण शिविर बर्दिबासमा सुरु भएको छ ।
वर्दिवास रिसोर्टमा आयोजना गरिएको शिविरको उदघाटन नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलले गर्नु भयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले बिगतको सरकार देश र जनता प्रती उत्तरदायी हुन नसकेका कारण हामिले एमाले सहितको नयां समिकरण बनाएर अघि वढ्नु परेको बताउनु भयो ।
उहाले नयां सरकारलाई सफल वनाउँदै एमाले सामाजिक परिवर्तनको अभियान सफल बनाउन लागेको बताउनु भयो ।पोखरेलले एमाले जनताको चहाना पूरा गर्दै आगामी दिनलाई मिशन ८४ मा केन्द्रित गर्न लागेको बताउनु भयो । राष्ट्रीयताको पक्षमा लडने पार्टी भएकोले त्यसका लागी एमाले सुदृढीकरण तथा सुध्दीकरणको माध्यमवाट एमालेलाई कस्दै जनता र राष्ट्रका शत्रुहरुसंग लड्न चाहेको पोखरेलको भनाइ थियो ।

मधेस प्रदेश कमिटिका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता र प्रदेश सचिब मनोज पौडेलको सहहिकरणमा सम्पन कार्यक्रममा केन्द्रीय स्थानीय बिकाश बिभाग प्रमुख देबेन्द्र दाहाल,पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल,सुमनराज प्याकुरेल,रामदयाल मण्डल,केन्द्रीय सदस्यहरु रामऔतार यादब,कल्पना कटुवाल लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा उपसचिव आरती भण्डारिले स्वागत गर्नु भएको थियो ।         
प्रशिक्षणमा स्थानिय तहको बजेट जनमुखी कसरि बनाउने,प्रणालिगत कानुनी प्रबन्ध तथा स्थानिय तहमा न्यायिक अधिकार,स्थानिय बिकाश : नया सोच र नया काम र स्थानिय तहको आर्थिक श्रोत परिचालन तथा ब्यावस्थापन लगायतका बिषयमा प्रशिक्षण दिइने मधेस प्रदेश कमिटिका सचिब मनोज पौडेलले बताउनु भयो । प्रशिक्षणमा बरिष्ठ उपाध्यक्ष इस्वर पोखरेल,देबेन्द्र दाहाल,तत्व तिमल्सिना,हर्कराज राई,रामशरण प्याकुरेलले विभिन्न बिषयमा प्रशिक्षण दिनुहुने छ ।

११ जेष्ठ २०८१, शुक्रबार २०:४५  मा प्रकाशित

Write your Comment