निजगढ विमानस्थलको लगानी ढाँचा तयार गरिने

१५ जेष्ठ २०८१, मंगलवार १६:४९ प्रकाशित

काठमाडौं १५ जेष्ठ :
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरे । भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने बजेटमा घोषणा भएको छ ।

यसका लागि ३६ करोड विनियोजन गरेको उनले बताए । सुर्खेत, रोल्पा बढीचौर, दाङ टरिगाउँ, जुम्ला, धनगढी र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने घोषणा पनि गरेका छन् । नागरिक उड्डयनतर्फ ३ अर्ब ७७ करोड विनियोजन भएको छ ।

१५ जेष्ठ २०८१, मंगलवार १६:४९  मा प्रकाशित

Write your Comment