प्रदेशसभा सदस्य चौधरीको सिफारिसमा आवास कार्यक्रमको सुरुवात,जीतपुरसिमरा भित्र १४ वटा घर बन्ने

२० जेष्ठ २०८१, आईतवार १७:१८ प्रकाशित

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले आइतबार जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित नगौलमा विपन्न परिवारका लागि निर्माण हुन लागेको घरको शिलान्यास गरेका छन् । मधेस प्रदेश सरकारको निधि आवास कार्यक्रम अन्तर्गत उक्त वडामा निर्माण हुन लागेको दुई वटा घरको चौधरीले शिलान्यास गरेका हुन् ।

चौधरीले स्थानीय देवकी देवी र अगरमतिया देवीको घरको शिलान्यास गरेका हुन् । बारा क्षेत्र नं. ४(१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीकोसिफारिसमा जीतपुरसिमरा उपमहानगरपालिका भित्र १४ वटा घर निर्माण हुँदैछ । विपन्न परिवार लक्षित उक्त आवास कार्यक्रमको चौधरीले नगौलबाट सुरुवात गरेका हुन् ।

उपमहानगरपालिकाभित्र वडा नं. २ मा पाँच, वडा नं. ६ मा दुई, वडा नं. १, ३, ४, ५, ८, १९ र २० मा एक/एक वटा घर निर्माण हुनेछ । पाँच लाख भन्दा बढीको लागतमा निर्माण हुने उक्त घरमा दुई वटा कोठा, एउटा भान्सा र शौचालय रहनेछ ।

घर शिलान्यास कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश प्रदेश कमिटिका सचिव मनोज पौडेल, वडा नं. ६ का वडाध्यक्ष कैमुदिन अंसारी, वडा नं. ३ की कार्यवाहक वडाध्यक्ष माया विक, कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, एमाले वडा नं. २ का वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरे,६ का अध्यक्ष फजेलहक अन्सारी,कमरुल अन्सारीअनिता क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

२० जेष्ठ २०८१, आईतवार १७:१८  मा प्रकाशित

Write your Comment