मधेश सरकारको नीति तथा कार्यक्रम – एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम र एक निर्वाचन क्षेत्र एक पक्किपुल निर्माण गरीने

२९ जेष्ठ २०८१, मंगलवार २२:३६ प्रकाशित

मधेश सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा
एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम ल्याएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम सहितका महत्वपुर्ण योजनालाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा ५।५ कि.मि का दरले ३२० कि.मि सडक कालोपत्रे गर्ने कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरीएको छ । त्यसैगरी कार्यक्रममा एक निर्वाचन क्षेत्र एक पक्किपुल निर्माणको कार्यक्रम घोषणा गरीएको छ ।
प्रदेश भरी रोजगार सृजना गर्ने र बेरोजगारलाई रोजगारी दिने योजनालाई प्राथमिकता दिएको छ ।
सरकारले प्रदेशभित्रका बेरोजगार युवाहरुलाई रोजगार वा स्वरोजगारका अवसर प्रदान गर्नका लागि मुख्यमन्त्री (सि.एम.) रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।

’वैदेशिक रोजगारी माथिको परनिरभर्ता न्यूनीकरणका लागि प्रदेश भित्र आर्थिक वस्तुगत÷प्राविधिक अनुदानसहितको ‘स्टार्टअप सहयोग’ र ‘गरि खाने अभियान’ कार्यक्रम सञ्चालन गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

विदेश जाने कामदारलाई माग अनुसारका सिप तालिमको व्यवस्था गरिने पनि सरकारको योजना छ । प्रदेशका सबै स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुको क्षमता विकास गरि सघन सहकार्य गरिने जनाएको छ ।

यस्तै,प्रदेश प्रमुख नदिनाला नियन्त्रण र जल संरक्षणकार्यक्रम ल्याउने ल्याइएको छ ।

यस्तै, प्रदेश भित्रका रोजगार क्षेत्रमा देखिएका मनोसामाजिक समस्याहरु न्यूनीकरण गर्न मनोपरामर्श सेवाकर्मिहरुको प्रवर्द्धन गरिनेछ तथा स्थानीय तहको मागको अधारमा स्थानीय तहमा सिप विकास तालिमको सञ्चालन र व्यवस्थापन गरिने पनि सरकारले नीति लिएको छ ।

यस्तै, वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैंकको रुपमा परिचालन गर्दै सिपलाई रोजगारसंग जोडने सरकारको योजना छ ।

२९ जेष्ठ २०८१, मंगलवार २२:३६  मा प्रकाशित

Write your Comment