जितपुरसिमराको एक वर्षको ईन्धन खर्च १ करोड ३२ लाख

९ असार २०८१, शनिबार १३:३५ प्रकाशित

बाराको जितपुरसिमरा उपमहानगरपालिकाले एक वर्षमा ईन्धनमा १ करोड ३२ लाख २२ हजार ३८६ रुपैयाँ खर्च गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/०८० मा जितपुरसिमरा उपमहानगरपालिकाले इन्धनमा सो रकम खर्चिएको हो ।

उपमहानगरपालिकाले कार्यालय प्रयोजन शिर्षकमा १ करोड १९ लाख ९० हजार ३१५ रुपैयाँ र पदाधिकारी शिर्षकमा १२ लाख ३२ हजार ७१ रुपैयाँ खर्च गरेको छ । उपमहानगरले कुन सवारी साधनमा कति ईन्धन खर्च गर्‍यो भन्ने नखुलाएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाको प्रतिवेदनले पदाधिकारी तथा कर्मचारीलाई मासिक रुपमा दिने इन्धनको मापदण्ड तयार नगरिएको,सवारी साधन अनुसार बार्षिक इन्धन खर्च बिवरण खुल्ने अभिलेख समेत नराखेको उल्लेख छ । इन्धन खर्चलाई मितब्ययी बनाउन,इन्धन खर्चको मापदण्ड बनाउन,लगबुक राख्न र इन्धन प्रयोगको ब्यबस्थित अभिलेख राख्ने ब्याबस्था गर्न सुझाव दिएको छ ।

९ असार २०८१, शनिबार १३:३५  मा प्रकाशित

Write your Comment