जितपुरसिमराको नगरसभा : गणपरक संख्या नपुगी सुरु गरेको भन्दै उपप्रमुख सहितको बिरोध

११ असार २०८१, सोमबार १५:०३ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभाको तेस्रो बैठक गणपुरक संख्या नपुगि सुरुगरेको भन्दै उपमेयर सहितका बहुमत नगरसभा सदस्यहरूले बिरोध जनाएका छन । बिहान ११ बजे बोलाइएको बैठक २ बजे राजन पौडेलले गणपुरक सङ्ख्या पुगेकोले नगरसभा प्रारम्भ भएको घोषणा गरेपछि उपमेयर भोला अधिकारि सहित कार्यपालिका सदस्यहरूले माइन्ट देखाउन माग गर्दै विरोध गरेका हुन । नगरसभाको पहिलो र दोस्रो बैठकमा ५१ प्रतिशत गणपुरक सङ्ख्या पुगेको थिएन, तेस्रो बैठकमा २५ प्रतिशत गणपुरक संख्यापुगे बैठक प्रारम्भ हुने व्यवस्था रहेको छ।
हाल कायम रहेको नगरसभा सदस्य १२५ जनामा सभा हलमा राखिएको माइनटमा २७ जनाले मात्र हस्ताक्षर गरेको अधिकारिको दाबि छ । नगरसभा सञ्चालनका लागि ३१ जनाको हस्ताक्षर हुनु आवश्यक छ । नगर प्रमुख पौडेलले चोरबाटो बाट हस्ताक्षर गराएको हुन सक्ने अनुमान छ ।
उपप्रमुख भोला अधिकारीले भने हामी समृद्ध उपमहानगर बनाउन चाहन्थ्यौ दुई वर्षको बजेट मिलेर ल्यायौं तर आज नगर प्रमुख पौडेलले मनोमानी गरिरहेका छन्। कार्यपालिकाको बैठकसमेत नराखिकन नीति तथा कार्यक्रम र बजेट पेश गर्न खोजेपछि त्यसको विरोध गरेका हुन्। नगरप्रमुख पौडेलले पेलेरै जाने योजना बनाएकोले उपमेयर सहित नेकपा एमाले नेपाली कांग्रेस लोसपा लगायतका दलका जनप्रतिनिधिहरु आक्रोशित बनेका हुन् । नगर प्रमुख पौडेलले उपप्रमुख अधिकारी सहितका कार्यपालिका सदस्यसँग संवाद नै नगर्ने अडान लिएको श्रोतले बतायो ।सभामा नगरप्रमुख सहित माओबादी केन्द्रका २१ जना सदस्य छ्न । त्यसैगरी एकीकृत समाजबादिका ४ जना गरि प्रमुखको पक्षमा प्रष्ट रुपमा २५ जना सदस्य देखिएका छ्न ।

११ असार २०८१, सोमबार १५:०३  मा प्रकाशित

Write your Comment