प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

२२ असार २०८१, शुक्रबार २१:३२ प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमति अनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।
त्यसैगरी अशोक राई नेतृत्वको जसपाले पनि आफना मन्त्रि फिर्ता बोलाएर समर्थन फिर्ता लिएको छ ।
संविधानत ः सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० को गरेर ६३ मत मात्र छ ।

२२ असार २०८१, शुक्रबार २१:३२  मा प्रकाशित

Write your Comment