मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त

२३ असार २०८१, शनिबार १३:५६ प्रकाशित

केन्द्रमा भएको सत्ता उलटफेरको प्रभाव मधेश प्रदेशमा परेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहले आज चार दललाई सरकारबाट हटाउँदै ६ मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरिएको छ । नेकपा एमाले-नेपाली कांग्रेससंग भएको सहमती अनुसार मुख्यमन्त्री सिंहले चार दलका ६ मन्त्री बर्खास्त गरेको जनाइएको छ ।

अर्थमन्त्री भरत प्रसाद साह, उद्योग बािणज्य तथा पर्यटनमन्त्री यूवराज भट्टराई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, उर्जा सिंचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली, गृह तथा संचारमन्त्री विमला अन्सारी र श्रम तथा यातायात मन्त्री उर्मिला चौधरी बर्खास्त भएकी छन् । उनले मन्त्रीपरिषद् पुनर्गठन गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउएका छन।

६ दलको समर्थनमा जनमत पार्टीका सिंह गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनले विश्वासको मत लिदैछन् । त्यसअघि नै चार दलका छ मन्त्रीलाई हटाएका उनले सम्भवतः आजै कांग्रेसलाई चार मन्त्री दिएर सरकारमा सहभागी गराउने बुझिएको छ ।

२३ असार २०८१, शनिबार १३:५६  मा प्रकाशित

Write your Comment