जीतपुरसिमरा नगरसभाको मुद्दा अदालतमा प्रबेश,असार २८ गते छलफलका लागि बोलायो

२५ असार २०८१, सोमबार १७:१० प्रकाशित

बिरगंज २४ आसार :
जीतपुरसिमराकाे नगरसभाको मुद्दा अदालत पुगेको छ । नगरसभा बिरूद्व उत्प्रेषण माग गरि दायर गरिएको रिटकाे प्ररम्भिक सुनुवाइमा अदालतले दुबै पक्षलाइ छलफलका लागि बोलाएको छ ।

न्यायाधीश भरत लम्सालकाे एकल ईजलासले यही २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई बाेलाउने आदेश गरेकाे छ ।

उपप्रमुख र वडा अध्यक्षहरू सहित ९१ जना नगर सभा सदस्यद्वारा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दाकाे आज प्रारम्भिक सुनुवाइ भएकाे छ ।
नगर प्रमुख र उपप्रमुख सहित १२४ जना मध्ये उपप्रमुख सहित ९१ जनाले नगरसभाको माग गर्दै निबेदनमा हस्ताक्षर गरेका छ्न ।

न्यायाधीश भरत लम्सालकाे एकल ईजलासले यही २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई बाेलाउने आदेश गरेकाे छ ।

जीतपुरसिमराकाे नगरसभा सञ्चालन नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा गरेको भन्ने विवाद अदालत पुगेकाे हाे ।

निवेदन वडाअध्यक्ष हरिदेव खरेल लगायत उप प्रमुख भाेला अधिकारी, वडाअध्यक्ष, कार्य पालिका सदस्य र वडा सदस्य सहित ९१ जनाले निबेदन गरेका हुन ।

निवेदकको तर्फबाट अधिवक्ताद्वय श्यामबिहारि प्रसाद र दामोदर पौडेलले बहस गर्नुभएको थियाे ।

निवेदकको माग बमोजिम आदेश जारी गर्न नपर्ने कुनै आधार कारण र प्रमाण भए प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र (१५) दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी विपक्षीको नाममा आदेश जारि भएकाे छ ।

अन्तरिम आदेश माग गरेको तर्फ बिचार गर्दा, दुवै पक्षलाई छलफलमा झिकाई दुवै पक्षको कुरा सुनि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निष्कर्षमा पुग्न २०८१/०३/२८ को अन्तरिम आदेशका लागि छलफलको पेशी तोकेेकाे बताईएकाे छ ।

२५ असार २०८१, सोमबार १७:१०  मा प्रकाशित

Write your Comment