कांग्रेस-एमाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न जाँदै

२९ असार २०८१, शुक्रबार २१:२५ प्रकाशित

काठमाडौं २८ असार :
नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।

अहिले सवा ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

२९ असार २०८१, शुक्रबार २१:२५  मा प्रकाशित

Write your Comment