मानव अधिकार एलाईन्स बाराद्धारा “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया

३० असार २०८१, शनिबार २१:५९ प्रकाशित

मानव अधिकार एलाईन्स बाराले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बाराको निजगढ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा यस संस्थाले “बारामा मानव अधिकारको अवस्था” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो ।

यस संस्थाले आफ्नो २५ औँ स्थापना दिवसको अवसर पारेर बाराको निजगढमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिरुहरुले बारामा मानव अधिकार हननका घटना ब्यापक बढेको बताएका थिए ।
पछिलो समय यस जिल्लाको सदरमुकाम नजिकै भएको हत्याका घटनाका साथै अन्य हिसाका घटना भएको आधारमा सहभागीहरुले बाराका मानव अधिकार हन्नका घटना भएको बताएका थिए ।

मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख बक्त्ताकोरुपमा नेकपा एमालेका केन्द्रिय सदस्य बलबिर चौधरीरहनु भएको थियो भने नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य कृष्ण लामा,अम्बिका चौलागाईं एमालेका नेता टिना सुवेदि,रुद्रप्रसाद धिताल,ईलाका प्रहरी कार्यालय निजगढका प्रमुखलगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा श्रीराम साहले सहजकिरण गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष तिर्थराज गौतमले गर्नुभएको थियो ।

३० असार २०८१, शनिबार २१:५९  मा प्रकाशित

Write your Comment