एमालेले तय गर्यो मन्त्रीको नाम,अर्थमा बिष्णु पौडेल, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ,समान्य प्रशासनमा गुप्ता

३२ असार २०८१, सोमबार ११:३५ प्रकाशित

काठमाडौं ३१ असार :
नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगोलगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम तय भएको हो।

एमाले स्रोतका अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारीउपाध्यक्ष विष्णु पौडेलले सम्हाल्ने हुनुभएको छ ।

यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा एमालेले पठाउने छ । स्रोतका अनुसार गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दै छन् । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई, रक्षा मन्त्रालयमा मानवीर राईलाई जिम्मेवारी दिन लागिएको छ । एमालेबाटै राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दैछन् ।

उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्थासहकारीमा बलराम अधिकारी दोहोरिने भएका छन ।

३२ असार २०८१, सोमबार ११:३५  मा प्रकाशित

Write your Comment