स्व. सुरेश चौधरीको सम्झनामा बजनिमा श्रद्धाञ्जली सभाको आयोजना

२७ श्रावण २०८१, आईतवार २१:५८ प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीले बजनी निवासी स्व. सुरेश राउत चौधरीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। स्व.सुरेस चौधरी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बारा जिल्ला कमिटी सचिब जयकिशोर चौधरीका भाई भाइ हुन ।

शोक सभामा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिब मनोज पौडेल, मधेस प्रदेश सभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, नगर कमिटीका उपसचिव तिलोक विक्रम शाह ठकुरी, पार्टी जिल्ला कमिटी सदस्य कमल देवकोटा,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष माया विक ,नेकपा एमालेका नेता कृष्ण खनाल,वडा सदस्यहरु शंकर पख्रीन,देबनारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। आजै वडा कमिटीको तर्फबाट समवेदना पत्र स्वर्गीय सुरेश राउतका दाजु जयकिशोर चौधरीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा कमिटीका अध्यक्ष सुक्र श्रेष्ठले गर्नुभएको थियो।

२७ श्रावण २०८१, आईतवार २१:५८  मा प्रकाशित

Write your Comment