मधेशका मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्री हटाए

२९ श्रावण २०८१, मंगलवार १२:११ प्रकाशित

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई हटाएका छ्न ।

जम्बो मन्त्रीमण्डलको चर्को आलोचनापछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।
बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

हटाइएका गरी मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखलाई आज बिहान पत्र पठाइसकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ । यश अघि श्रवण २८ गते एमालेको तर्फबाट राज्यमन्त्री बनेका सारदा देबि थापा,केशब राय,र म.जैन आलमले मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजिनामा बुझाएका थिए।

२९ श्रावण २०८१, मंगलवार १२:११  मा प्रकाशित

Write your Comment