जितपुरसिमराका प्रमुख पौडेलले उदण्डता प्रदर्शन गरेको भन्दै एमालेको भत्सना

३१ श्रावण २०८१, बिहीबार १२:१४ प्रकाशित

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले देखाएको उदण्डता प्रति नेकपा एमालेले भत्सना गरेको छ।

नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटिले बुधबार बिज्ञप्ति जारिगर्दै नगर प्रमुख राजन पौडेलद्धारा शिक्षक सरुवा सन्दर्भमा वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि गरिएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेले शिक्षक सरुवा सन्दर्भ उत्पन्न भएका कुनै पनि समस्याको समाधान आपसी सहमति र सहकार्य तथा कानुन अनुसार गर्न गराउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने अभिभावकबाटै विद्यालय संचालन भईरहेको समयमा नेपाल प्रहरी, नगर प्रहरी र आफू सम्बद्ध पार्टीका कार्यकर्ताहरु सहित विद्यालय हाताभित्र प्रवेश गरि विद्यार्थीहरुलाई मनोवैज्ञानिक ढंगबाट त्रसिद् बनाई वडाध्यक्ष धनबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि गरिएको अभद्र व्यवहारको एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले भत्सना गर्दछ भनिएको छ ।
उपमहानगर कमिटीका सचिव रत्न उप्रेतीद्वारा जारी विज्ञप्तिमा विद्यालय जस्तो शान्ति क्षेत्रमा यस्ता खालको अभद्र क्रियाकलाप नदोहोरयाउन नगर प्रमुख राजन पौडेललाई आग्रह गराउँदै उपमहानगरपालिकाको कार्यसम्पादनका सिलसिलामा उत्पन्न समस्या प्रति आपसी सहमतिमा समाधान गरेर अघि बढ्न एमाले जीतपुरसिमरा उपमहानगर कमिटी आग्रह गर्दछ भनिएको छ ।नगरप्रमुख पौडेलले आफ्नो पदीय मर्यादा ख्याल नै नगरी विद्यालय हाताभित्र उनिबाट भएको उक्त दृश्यले आम नगरबासीलाई लज्जित तुल्याएको वर्तमान अवस्थामा संयमित र सद्भावको वातावरण निर्माण गरि अघि बढ्न समेत अनुरोध गरिएको छ ।
साथै शिक्षकको शिक्षण गर्न पाउँने अधिकारलाई यथाशिघ्र सुनिश्चित गर्न समेत बिज्ञप्तिमा माग गरिएको छ ।

गत श्रावण ३० गतेका दिन जितपुरसिमराका नगर प्रमुख राजन पौडेलले नेपाल प्रहरी, नगर प्रहरी र पार्टीका कार्यकर्तासहित विद्यालयमा प्रवेश गरेर वडा अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्यसँगबाट खोज्ने प्रयास गरेका थिए । सोही क्रममा वडा अध्यक्ष र र नगर प्रमुखका बीचमा हात हालहालको अवस्था बनेको थियो। सो घटनाको चौतर्फी आलोचना भइरहेको छ।

३१ श्रावण २०८१, बिहीबार १२:१४  मा प्रकाशित

Write your Comment