सिन्धुपाल्चोकको पाँचपोखरीमा सुख्खा पहिरो, थुनियो इन्द्रावती नदी

३ भाद्र २०८१, सोमबार १८:०१ प्रकाशित

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल-७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, पहिरोका कारण इन्द्रावती नदी थुनिएको छ ।

पहिरो गएपछि जोखिममा रहेका स्थानीय तथा अस्पतालका सामग्रीहरू सुरक्षित स्थानमा सार्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको सेनाले जनाएको छ ।

सिन्धुपाल्चोक प्रशासनले पनि विज्ञप्ति जारी गरेर खोलामा एक्कासि बाढी आउन सक्ने जोखिम भएको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

३ भाद्र २०८१, सोमबार १८:०१  मा प्रकाशित

Write your Comment