कलैया उपमहानगरपालिकाको ‘वार्षिक प्रगती समीक्षा गोष्ठी’ सम्पन्न

५ भाद्र २०८१, बुधबार १५:०७ प्रकाशित

कलैया उपमहानगरपालिकाको ‘वार्षिक प्रगती समीक्षा गोष्ठी’ आज सम्पन्न भएको छ।
उपमहानगर पालिकाको सभा हलमा ‘जवाफदेहिता र पार्दशिता समृद्ध कलैयाको आधार’ भन्ने मुल नाराका साथ आ.व.२०८०/०८१ को ‘वार्षिक प्रगती समीक्षा गोष्ठी’ आज सम्पन्न भएको हो । नगर प्रमुख बिनोद साहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा विभिन्न शाखाका प्रमुखहरुले आ-आफ्नो शाखाहरुको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा उपप्रमुख रौशन प्रविन, प्रमुख प्रशासकिय अधिकृत नाथु साह, वडाध्यक्ष,कार्यपालिका सदस्यहरु र कर्मचारी लगायतकाको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै साहले परिणाम देखिनेगरी कामगर्न र नागरिकलाई सहज सेवा दिन शाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।

५ भाद्र २०८१, बुधबार १५:०७  मा प्रकाशित

Write your Comment