मधेश प्रदेशका नेता कार्यकर्तालाइ एमालेले दियो अनुशासनको प्रशिक्षण

२३ भाद्र २०८१, आईतवार २१:४५ प्रकाशित

बर्दिबास २३ भाद्र :
नेकपा एमालेले मधेस प्रदेशका नेता कार्यकार्तालाइ अनुशासनको प्रशिक्षण दिएको छ ।
एमाले केन्द्रिय अनुशासन आयोगले यस अघि छ वटा प्रदेशमा प्रशिक्षण गरिसकेको छ । आइतबारमात्रै मधेस प्रदेशको बर्दिबाशमा प्रशिक्षण आयोजना गरिएको हो । एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशब बडालले पार्टी,संगठन, नेतृत्व र अनुशासनका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी अनुशासन आयोगका सचिब प्रा.डा.भरत पहारीले पार्टिका नेता कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताकाबारेमा प्रशिक्षण दिनुभएको थियो नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।
प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू प्रदेश लेखा आयोगका सदस्यहरू,आठ ओटै जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ,पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल,रामदयाल मण्डल,ज्वाला कुमारी साह,अच्युत मैनाली सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,प्रदेश उपाध्यक्ष बिचारी यादब,उपसचिव मोहमद कैसलगायतको उपस्थितिरहेको थियो ।
केशव बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रदेश सचिब मनोज पौडेलले र स्वागत प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले गर्नु भएको थियो ।

२३ भाद्र २०८१, आईतवार २१:४५  मा प्रकाशित

Write your Comment