लामो समय पछि जितपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव भारती हाजिर हुदै

७ आश्विन २०८१, सोमबार १४:०० प्रकाशित

जितपुरसिमरा उपहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिरेन्द्रदेव भारती हाजिर हुनुहुने भएको छ । भारतीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यही भाद्र २७ गते जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको थियो । सहसचिव दरबन्दी रहेको जितपुरसिमरामा लामो समयपछि सहसचिव प्रमुख प्रशासकीय अधिकृत पाएको हो । सहसचिबहरु शिव कार्की र बैकुण्ठनिधी शर्मा सरुवाभएर गएपछी लामो समय सो दरबन्दी खाली थियो । अहिले उपसचिव उर्मिला काफ्ले कार्यरत छन । काफ्लेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवागरेर श्रवण ३ गते चेतकुमार पोखरेललाई जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको थियो । काफ्लेले सवोच्चमा मुद्दा दिएपछी अदालतले यथास्थितिमा राख्न आदेश दिएको थियो ।
एक जना सहसचिब र दुइजना उप सचिबको दरबन्दीरहेको उपमहानगरमा मन्त्रीपरिषदको भाद्र २७ गते बसेको बैठकले सहसचिव बिरेन्द्र देव भारतिलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको थियो ।
त्यसको विरुद्धमा काफ्लेले अदालतको अवहेलना भएको र आफुलाइ जितपुरसिमरामा काम गर्न दिन आदेश माग गर्दै शुक्रबार सर्बोच्चमा मुद्दा दिएकी थिइन । अदालतले आइतबार मुद्दाको सुनवाइ गर्दै काफ्लेको माग अनुसारको अन्तरिम आदेश दिन अस्विकार गर्यो । सर्वोच्चले के कसो भएको हो त्यसको लिखित जवाफ मागेको छ । सर्वोच्चले काफ्लेको माग अनुसारको आदेश न दिएपछि बिरेन्द्र देव भारतीलाई जितपुरसिमरामा हाजिर हुन बाटो खुलेको हो । त्यसै अनुसार आज भारती हाजिर हुन लाग्नु भएको हो ।

७ आश्विन २०८१, सोमबार १४:००  मा प्रकाशित

Write your Comment