सहसचिव भारतीलाई हाजिर गर्न रोकेर उपसचिव काफ्लेबाट काम चलाउदै जितपुरसिमरा उपमहानगरपालिका

८ आश्विन २०८१, मंगलवार १८:२५ प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिकामा सहसचिवलाई हाजिर गर्न न दिइएर उपसचिवलाई उपमहानगरपालिका हाक्न लगाइएकोछ । सहसचिवको दरबन्दी रहेको उपमहानगरपालिकामा भदौ २७ गते मन्त्रिपरिषद्को बैठकले सहसचिव वीरेन्द्रदेव भारतीलाई पठाउने निर्णय गरेको थियो ।

भारती असोज ७ गते सिमरा आएर ८ गते हाजिर नगरी फर्किएका छन । नगरप्रमुख राजन पौडेलले हाजिर नगराउने निर्देशनात्मक पत्र सार्वजनिक गरेपछि भारती हाजिर नगरी ८ गते बेलुका फर्केका हुन् ।

जितपुरसिमरामा सहसचिवको दरबन्दी छ । सहसचिव भारतीलाई हाजिर गर्न नदिएर उपसचिव उर्मिला कापलेबाट काम चलाउने मनसायले मेयर राजन पौडेलले भारतीलाई हाजिर नगराएको बुझिएको छ । सहसचिव आउने भएपछि जितपुरसिमरा बासीमा खुसियाली छाएको थियो । सहसचिव भारती फर्केपछि अब के हुने हो भनेर स्थानिमा निराशा छाएको छ । भारतीको निर्णय भएपछि उपसचिव काफ्लेले सर्र्वाेच्च अदालतमा रिट दर्ता गरेकी थिइन ।

सर्वोच्व आइतबार काफ्लेको पक्षमा आदेश गरेन,आदेश नगरेपछि भारती मेयर पौडेलकै सल्लाहमा सोमबार हाजिर हुन सिमरा आएका थिए । तर मेयर पौडेल भारतीलाई हाजिर गराउन अनिच्छुक देखिए । जितपुरसिमरामा मेयर पौडेल समुह र उपमेयर भोला अधिकारी समुहमा ठुलो दन्द्ध छ । काफलेले दुबै समुहलाई मिलाउन भुमिका न खेलेको कारणले दन्द्ध बढेकोहुनाले सो दन्द्धलाई समाधान गर्ने गरी भारतीलाई पठाएको मन्त्रालयको भनाई छ । भारतीले भरतपुर महानगरपालीकामा रेणु दाहाल संग लामो समय मिलेर काम गरेका छन । त्यसैगरी पोखरा,ललितपुर,बुटवल लगायत १५ वटा स्थानिय तहमा कामगरेको अनुभव छ । समन्वयकारी भुमिका खेल्न सक्ने भारतीलाई हाजिर नगराउदा जितपुरसिमरामा द्वन्द बढ्ने देखिएको छ । सहसचिवको निर्णयपछि राजधानी गएकी काफ्ले मङ्गलबारबाट कार्यालयमा हाजिर भएर हालीमुहाली गर्न सुरु गरेकी छन । सहसचिवको दरबन्दीमा मेयरले उपसचिवबाट उपमहानगर सञ्चालन गर्न खोज्नुलाई बडो अर्थ पूर्ण रुपमा हेरिएको छ ।

८ आश्विन २०८१, मंगलवार १८:२५  मा प्रकाशित

Write your Comment