नेकपा एमालेका नेता तथा जितपुरसिमराका न्याय समिति सदस्य सहनीको निधन

१६ पुष २०८१, मंगलवार २१:३२ प्रकाशित

सिमरा १६ पौष :
नेकपा एमालेका नेता जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य तथा न्यायसमिती सदस्य जादोलाल सहनीको आज साँझ निधन भएको छ ।
सहनीको बयोदा अस्पताल बीरगंजमा उपचारको क्रममा निधन भएको हो । मृगौला रोगबाट पीडित सहनीको भोलि बुधबार बिहान ८ बजे बालगंगा खोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। सहनी लामो समयदेखि नेकपा एमालेको जितपुर सिमरा उपमहानगरपालिका १३ नम्बर वडाको अध्यक्ष रहेर काम गर्नुभएको थियो। गत २०७९ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित भई जितपुरसिमरा उपमहानगरपालिकाको न्यायसमिति सदस्यको रुपमा कार्यरत रहनुभएको थियो ।

१६ पुष २०८१, मंगलवार २१:३२  मा प्रकाशित

Write your Comment