चीनको तिब्बतलाई केन्द्र बिन्दु बनाएर गयो भूकम्प, ७ रेक्टरस्केल मापन

२३ पुष २०८१, मंगलवार ०७:४९ प्रकाशित

काठमाडौं २३ पौष :
काठमाडौं लगायत देशका विभिन्न जिल्लामा मंगलावार बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।

नेपालको काभ्रे ,संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किम विभिन्न स्थानमा पनि धक्का महसुस भएको छ ।

२३ पुष २०८१, मंगलवार ०७:४९  मा प्रकाशित

Write your Comment