सिमरा ५ माघ :
नेकपा एमालेको जनसंगठन राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ,मानव अधिकार (एलाइन्स) को मधेस प्रदेश अधिवेशन शनिवार सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिल तिवारीको अध्यक्षतामा १७ सदस्यीय मधेस प्रदेश कमिटी निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा सागर बहादुर खड्का,सचिवमा शिला झा, कोषाध्यक्षमा गौरी न्यौपाने, सहसचिवमा लक्ष्मी बराल रहेका छन् । यसैगरी सदस्यमा सञ्जिव यादव, नरेश जयसवाल, तीर्थ गौतम, दीपेन्द्र साह, प्रमोद घिमिरेलगायत रहेका छन् ।
कमिटीलाई आगामी दिनमा शसक्त ढंगले अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष तिवारीले जानकारी दिएका छन् । तिवारी यसअघि बाराका अध्यक्ष थिए ।
यसअघि अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव विदुर सुवेदी र प्रमुख बक्क्ता नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले सम्युक्तरुपमा गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले मानव अधिकार रक्षा र न्यायका लागि सक्रियताका साथ काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल, मानव अधिकार एलाइन्स प्रदेश इन्चार्ज रामस्वरुप सदाय,एमालेका बाराका अध्यक्ष अध्यानन्द पाण्डेलगायतले मन्तब्य राखेका थिए ।
मानव अधिकार एलाइन्स मधेस प्रदेशका अध्यक्ष देवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अनिल तिवारी र स्वागत प्रदेश सदस्य कुमार त्रिपाठीले गरेका थिए ।