बाराका पूर्व गाविस सचिव अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

७ माघ २०८१, सोमबार १८:४४ प्रकाशित

काठमाडौ ७ माघ :
बाराको तत्कालिन आदर्श गाविस भवानिपुर जितपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का सचिव आस महमद अन्सारीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जारीगरेको बिज्ञप्तिमा जानाइएको छ ।

प्रवक्ता घिमिरेका अनुसार उनले साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।

यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/०६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

७ माघ २०८१, सोमबार १८:४४  मा प्रकाशित

Write your Comment