अहिलेसम्मका सबै शिक्षक पेन्सनकै प्रावधानमा समावेश हुन्छ्न-शिक्षामन्त्री भट्टराई

७ माघ २०८१, सोमबार १९:२४ प्रकाशित

शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षक पेन्सनकै प्रावधानमा समावेश हुने प्रष्टीकरण दिएकी छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे छलफल भएको बताइन् ।

उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा, यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भन्ने । बैठकमा छलफलपछि जहिलेबाट ऐन बनेको छ त्यहीबाट लागू हुने कुरा भएको छ । त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ ।’
यसअघि सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेपछि विधेयकका कतिपय बुँदाका विरोधमा देशैभरका शिक्षक काठमाडौंमा उत्रिएर आन्दोलन गरेका थिए । तर, सरकारले अहिलेसम्मका सबै शिक्षकलाई पेन्सन प्रावधानमै समावेशन गर्ने निर्णय गरेको छ ।

७ माघ २०८१, सोमबार १९:२४  मा प्रकाशित

Write your Comment