सिमरा १५ माघ :
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का पुराना कार्यकर्ता पलट चौधरीकी धर्मपत्नी भदिया देवी थरुनीको १३ दिनको श्रद्धाञ्जली सभा आज बजनीमा सम्पन्न भएको छ ।
नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। पौडेलले स्वर्गीय ठगियादेवी र उहाँको परिवार पार्टी र समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो।
वडा नम्बर ३ का अध्यक्ष शुक्र श्रेष्ठको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य सुन्दर बिक, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नारायणी रायमाझी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य कृष्ण खनाल ,पूर्व जिल्ला सचिवालय सदस्य अमृतलाल श्रेष्ठ, नगर कमिटीका उपसचिव त्रिलोक विक्रम ठकुरी, नगर कमिटी सदस्यहरू मदन तिमल्सिना,घनश्याम बस्नेत,वडा नम्बर ३ कि कार्यवाहक अध्यक्ष माया बिक वडा सदस्यहरू शंकर पाख्रिन, अनिता क्षेत्री, देवनारायण चौधरी ,जयकिशोर चौधरी,रबिन्द्र खुकुरेललगायतको सहभागिता रहेको थियो।