धनुषा १९ माघ :
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासङ्घ, महिला किसान संघ मधेस प्रदेशको प्रथम सम्मेलन आज धनुषामा सम्पन्न भएको छ ।
धनुषाको नकटाझिरस्थित कृषि फर्ममा सम्पन्न सम्मलेनले आशिका गिरीको अध्यक्षतामा २५ सदस्यीय महिला किसान संघ मधेस प्रदेश कमिटि गठन गरेको छ ।
नवगठिन कमिटिको उपाध्यक्षद्वयमा पार्वती चौधरी,उषा दाहाल, सचिवमा शुशिला पाण्डे, कोषाध्यक्षमा मिना सुनुवार र उपसचिवमा सुनिता चौधरी र सरस्वती चौधरीसहिका चयन भएका छन् ।
उद्घाटनसत्रमा सहभागीहरुले नवगठित किसान संघले मधेसका महिलाहरुलाई लक्षित गरेर काम गर्न आग्रह गरेका छन् । महिलाहरुको अक अधिकारका लागि धेरै्र संघ संगठन भएतापनि वास्तविकरुपमा कसैले काम गर्न नसकेको वक्ताहरुले जोड दिँदै भने, ‘कम्तीमा यो संघले पिछिडिएका महिलाहरुको हक अधिकार सुश्चित गर्ने काम गर्ने आशा व्यक्त गरेका थिए ।
महासंघका केन्द्रिय उपाध्यक्ष राजकुमार उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् महिला किसान संघको केन्द्रिय अध्यक्ष सरिता भुसाल, उपमहासचिव प्रेम नारायण अधिकारी, एमाले मधेस प्रदेशका उपसचिव मोहम्मद कैश, महासंघको केन्द्रिय सचिव उमेश गुप्तासहितकाले सम्मेलनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल किसान महासंघको मधेस प्रदेश अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा उद्घाटनसत्रको कार्यक्रम सम्पन्न भएको थियो ।
सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट १२५ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।