सिमरा १९ माघ :
नेकपा एमालेको जनसंगठन राष्ट्रिय यूवा संघ नेपाल जीतपुरसिमरा नगर कमिटीको नगर स्तरीय भेला शनिबार सिमरामा सम्पन्न भएको छ । जीतपुरसिमरा ४ स्थित मेरो अर्गानिक रिसोर्टमा आयोजित भेलालाई नेकपा एमाले र यूवा संघका विभिन्न तहका नेताले सम्बोधन गरेका थिए ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् बारा इन्चार्ज ज्वालाकुमारी साह,एमालेका पोलिटव्युरो सदस्य एवम् बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली,एमाले मधेस प्रदेश कमिटि सचिव मनोज पौडेल,राष्ट्रिय यूवा संघका केन्द्रीय सचिव मोविन आलम,एमाले मधेस प्रदेश सदस्य देवनारायण चौधरी,सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी उपसचिव भावना आचार्य, यूवा संघका केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज दीपीका साह, केन्द्रीय सदस्य राम यादवलगायतले मन्तव्य राखेका थिए ।
भेलामा नेकपा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, एमाले प्रदेश कमिटी सदस्य किशोर शर्मा, चयन गुरुङ, सुभद्रा न्यौपाने, एमाले जिल्ला कमिटी उपाध्यक्ष भूलन चौधरी, यूवा संघ बाराका अध्यक्ष सदाम हुसेन, एमाले जिल्ला सचिवलाय सदस्य कृष्ण खनाल, बसन्त खतिवडा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव शिवजी गुप्ता, एमाले जिल्ला कमिटी सदस्य रमेश खरेल,भागवत चौधरी, अनिल गुप्ता, सुनिता सापकोटा,कमल देवकोटा, कयामुद्धिन मंसुरी, एमाले नगर कमिटी सचिव रत्न उप्रेती, नगर कमिटी उपसचिव त्रिलोक बिक्रम शाह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, कार्यपालिका सदस्य अर्जुन रसाईली, अनेरास्ववियु केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, यूवा संघका पूर्व केन्द्रीय सदस्य हिरा बस्नेत, प्रदेश कमिटी सदस्य राजकुमार थापा, इश्वर थपलिया, यूवा संघ बाराकी कोषाध्यक्ष समिता शर्मा, एमाले यूवा नेता रमेश पौडेल, रवीन्द्र खकुरेल, सोमबलाल बोम्जन, आशिष श्रेष्ठलगायत उपस्थित थिए ।
यूवा संघ नगर कमिटीका अध्यक्ष आरिफ हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव आयूब खानले गरेका थिए भने स्वागत सुनिल मैनालीले गरेका थिए।