प्रकृति लम्सालको शव बेलहिया ल्याइयो,भैरहवामा दाहसंस्कार गरिने

७ फाल्गुन २०८१, बुधबार २१:३४ प्रकाशित

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल भारत नाका बेलहिया ल्याइपुर्याइएको छ । लु१च९८३६ नम्बरको एम्बुलेन्समा उनको शब ल्याइएको छ ।

बुधबार अपराह्न ५ बजेतिर गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजेतिर बेलहिया ल्याइएको हो । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याउन लागिएको हो। लम्सालको भैरहवामा दाहसंस्कार गरिने छ ।

७ फाल्गुन २०८१, बुधबार २१:३४  मा प्रकाशित

Write your Comment