नारायणी नदीमा हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

९ फाल्गुन २०८१, शुक्रबार १५:१० प्रकाशित

नारायणगढ ९ फागुन :
भरतपुर र गैंडाकोट जोडने नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेको अवस्थामा नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम ( आइ आर टी ) ले शुक्रबार सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

९ फाल्गुन २०८१, शुक्रबार १५:१०  मा प्रकाशित

Write your Comment