एमाले र मुलुकमा के पि ओलिको बिकल्प छैन- पुर्वमन्त्री पौडेल

११ फाल्गुन २०८१, आईतवार २१:५९ प्रकाशित

बारा ११ फागुन :
नेकपा एमालेले आह्वान गरेको वडा केन्द्रीत ३ महिने अभियान सञ्चालनका लागि बारा क्षेत्र नम्बर ४ समन्वय कमिटीको बिस्तारित बैठक आज गण्डकको लौतनमा सम्पन्न भएको छ । बैठक नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले राष्ट्रियताको पक्षमा उभिन सक्ने पार्टी नेकपा एमाले मात्रै भएको दाबी गर्नुभयो । नेता पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता भएको उल्लेख गर्दै एमाले र मुलुकका लागि ओलीको विकल्प नभएको दाबी समेत गर्नुभयो। भारतले नाकाबन्दी गर्दा त्यसको प्रधानमन्त्री केपी ओलीले डटेर सामना गरेको स्मरणगर्दै छिमेकी राष्ट्रसँग आँखामा आँखा मिलाएर कुरा गर्न सक्ने राष्ट्रबादी नेता केपी ओली मात्र भएको प्रष्ट पार्नुभयो।
क्षेत्रीय समन्वय कमिटीका संयोजक ध्रुब यादवको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा केन्द्रीय सदस्य एकबाल मिया, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, बाराका अध्यक्ष अध्यानन्द पाण्डे ,प्रदेश कमिटी सदस्यहरू अमर यादव ,सुन्दर बिक उमेश गुप्ता, जिल्ला जिल्ला कमिटीका उपाध्यक्ष भुलन चौधरी ,उपसचिव जवाहिर अन्सारी लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सहजीकरण गजेन्द्र पटेलले गर्नुभएको थियो भने स्वागत अशेस्वर गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू, पार्टी वडा कमिटीका अध्यक्ष र निर्वाचित जनप्रतिनिधिको उपस्थितिको उपस्थिति रहेको थियो। बैठकले वडा केन्द्रित अभियानको कार्यक्रम समेत तय गरेको छ।

११ फाल्गुन २०८१, आईतवार २१:५९  मा प्रकाशित

Write your Comment