बारा १२ फागुन :
अनेरास्ववियु बाराका पुर्व जिल्ला उपाध्यक्ष किशोर त्रिपाठीको आज दुधौरा खोलामा अन्त्येष्टि गरिएको छ। अन्त्यष्ठी अघि नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेललगायतले त्रिपाठीको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओडाउनुभएको थियो। सो अवसरमा शबयात्रामा ठूलो संख्यामा सहभागिता रहेको थियो।
त्रिपाठी नेकपा एमालेको जनसंगठन अनेरास्ववियु बारा जिल्लाको उपाध्यक्ष रहनुका साथै ठाकुराम बहुमुखी क्याम्पसमा २०५३ सालमा अनेरास्ववियुको तर्फबाट स्वबियु सदस्यका उम्मेदवारसमेत रहनुभएको थियो । त्रिपाठी कम उमेरमै सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको थियो । त्रिपाठीको हिजो दिउँसो जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ निवासमा निधन भएको थियो । त्रिपाठीका श्रीमती दुई छोरा र एक छोरी छन्।