काठमाडौ १६ फागुन :
आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
काठमाडौंलगायत आसपासका जिल्लावासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।
शक्तिशाली भूकम्पको कारण काठमाडौंलगायत उपत्यका लागायत आसपासवासीलाई समेत ब्युँझाएको थियो ।
भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।
२०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको भूकम्पमा ९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने लाखौं घर र भौतिक संरचनामा क्षति पुगेको थियो । त्यतिबेला सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।