जनकपुर १८ फागुन :
नेकपा एमालेले मधेस प्रदेशका नेतृत्वमा रहेका नेता कार्यकर्तालाई लेखा सम्बन्धि तालीम दिइरहेको छ ।
पार्टिको आर्थिक पाटो पार्दर्शि बनाउन,पार्टी कमिटीलाई आर्थिकरुपमा अनुशासित,ब्यवस्थित,चुस्तदुरुस्त बनाउनुका साथै लेखा प्रणाली अन्तर्गत नेता कार्यकर्तालाई हरहिसाब राख्नसक्ने बनाउनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनु भयो। एमाले केन्द्रिय लेखा आयोग र मधेस प्रदेश कमिटीको संयुक्त आयोजनामा आर्थिक तथा लेखा ब्यबस्थापन प्रशिक्षण कार्यक्रम २ दिन सम्म जनकपुरमा चल्ने छ । प्रशिक्षण कार्यक्रमको उद्घघाटन केन्द्रिय लेखा आयोगका अध्यक्ष डा पुष्प कंडेलले गर्नु भएको थियो । कार्यक्रममा एमाले मधेश प्रदेश कमिटीका इन्चार्ज लिलानाथ श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा, प्रदेश सचिव मनोज पौडेलको सहजीकरणमा उपाध्यक्ष बिचारी यादबले स्वागत गर्नुभएको कार्यक्रम शिव अधिकारी ,मिनराज कंडेल र बद्री भट्टराईले प्रशिक्षण दिनुहुने छ ।
कार्यक्रममा एमालेका प्रदेश पदाधिकारी,लेखा समितिका पदाधिकारी तथा सदस्यहरु,आठ वटै जिल्लाका अध्यक्ष,कार्यालय सचिव,बित्त बिभाग प्रमुख र जिल्ला लेखा कमिटीका अध्यक्षहरुको सहभागीता रहेको छ ।