गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : एमाले मधेश प्रदेश सचिब पौडेल

२५ फाल्गुन २०८१, आईतवार १८:३२ प्रकाशित

बारा २५ फागुन :
नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सचिब पौडेलले मुलुकको बिकाशका लागि एमालेले धेरै काम गरेको बताउनु भयो । उहाँले जनताको पक्षमा एमालेले धेरै काम गरेता पनि अहिले सम्म एमालेले बहुमत प्राप्त गर्न नसकेर स्थिर सरकार बनाउने अवस्था नआएको बताउनु भयो । प्रदेश सचिब पौडेलले जनताको चाहना पूरा गर्न ०८४ मा एमालेलाइ बहुमत दिएर निर्णायक राष्ट्र शक्ति बनाउन आग्रह गर्नु भयो ।
राजाबादिहरुको चलखेल प्रती इङ्गिद गर्दै पौडेलले गणतन्त्रमा सबैको अधिकार सुरक्षीतहुने भएकोले गणतन्त्रको विकल्प राजतन्त्र हुन न सक्ने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य देबनारायण चौधरी,सुन्दर बिक,शुभद्रा न्यौपाने,जिल्ला उप सचिब भावना आचार्य,क्षेत्र नम्बर ४ का संयोजक ध्रुब प्रसाद यादव,जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोलाप्रसाद अधिकारी,दिनेश्वर ठाकुर,जिल्ला कमिटी सदस्य गिता घले,कृष्ण खनाल,अमृतलाल श्रेष्ठ,आरिफ हुसैन, सचिव रत्न उप्रेती, रविन्द्र खकुरेललगायतको उपस्थिति रहेको थियो। वडा कमिटी अध्यक्ष सुक्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गणेश थपलियाले गर्नुभएको थियो।

२५ फाल्गुन २०८१, आईतवार १८:३२  मा प्रकाशित

Write your Comment