बारा २७ फागुन :
नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सचिब पौडेलले एमाले सामाजिक न्यायका निम्ति लागिरहेको बताउनु भयो । उहाँले जनताका समस्या समाधानका लागि लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शुभद्रा न्यौपाने,जिल्ला उप-सचिब भावना आचार्य,जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोलाप्रसाद अधिकारी,जिल्ला कमिटी सदस्य सुनिता साप्कोटा,नगर सचिब सचिव रत्न उप्रेती,उपसचिव त्रिलोक बिक्रम ठकुरी,पुर्व वडा अध्यक्ष बिनोद यादव,बिरेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो। वडा कमिटी अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सन्तोस यादवलले गर्नुभएको थियो।