बाख्राको मासुलाई खसी बनाएर बेच्नेलाई छाड्न नमान्दा सिडियो विरुद्ध खनिए सांसद श्रेष्ठ

५ चैत्र २०८१, मंगलवार २२:३७ प्रकाशित

बारा ५ चैत्र :
बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको टोलीले कलैया, बरियारपुर, पर्सौनी ,जितपुर, सिमरा क्षेत्रमा बजारको अनुगमनलाई तीव्रता दिइरहेको थियो।
त्यसै क्रममा होली पर्वको अवसरमा बजार अनुगमन गर्ने क्रममा जीतपुर बजार क्षेत्रबाट बाख्रालाई खसी बनाएर बेच्नेलाई पक्राउ गर्यो ।

पक्राउ परेका व्यक्तिलाई छाड्न बारा क्षेत्र नं. ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले सिडियो अधिकारीलाई आग्रह गरेका दिए । उनको तर्क थियो–रोजा चलिरहेकाले अहिले छाड्नु पर्यो ।

जनस्वास्थ्यमाथि खेलवाड गरेका व्यक्तिलाई पक्राउ गरेकोमा धन्यवाद दिनुको साटो सांसद श्रेष्ठले छाड्न दबाब दिए । तर, सिडियो अधिकारीले उपभोक्ताले तिरेको दाम अनुसारको स्वस्थकर नदिनेलाइ छाड्न मानेनन् ।

त्यसको भोलिपल्ट जीतपुर बजार क्षेत्रमै त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ताको समुह र पशुराम गिरी बिचको बिबाद पछि गिरीले बन्दुक पड्काएको घटना सार्वजनिक भयो ।

सांसद श्रेष्ठले यो घटनालाई सांसदमा आवाज उठाए । उनले घटनापछि सिडियो अधिकारीको भूमिकाको विषयमाथि प्रश्न उठाए । घटनाबारे दुवै पक्षविच छलफल गरेको भन्दै त्यसलाई उनले पञ्चायत शैलीमा सिडियो अधिकारीले जिल्ला चलाएको टिप्पणी गरे ।

उनले संसदमा बोलेको भोलिपल्टै जीतपुर पुगेर सिडियो अधिकारीलाई भ्रष्टचारी भन्दै आरोपित गरे । सिडियो अधिकारीलाई जिल्ला प्रवेश गर्ने दृष्टता नगर्न चेतावनी दिएका छन् । तर उनले त्यसो भनी रहदा सिडियो जिल्ला प्रशासन कार्यालय कलैयामै ब्यस्त थिए ।

यस विषयमा सिडिओ अधिकारीले श्रेष्ठलाई फोनमा तपाईंले के भनेको भनेर सोधेका थिए। श्रेष्ठले राजनीतिक रुपमा यस्ता कुरा त भइहाल्छ नि भनेर जवाफ फर्काएको स्रोतले जनाएको छ।

सदनदेखि सडकसम्म आक्रमक रुपमा प्रस्तुत भईरहेका सांसद श्रेष्ठ सिडियो अधिकारीको सरुवा गराउन शक्तिकेन्द्र समेत धाएको स्रोतले जनाएको छ ।

उनी निकटका सामाजिक सञ्जाल प्रयोगकर्ताले सिडियो अधिकारीको सरुवा भएको सूचना समेत प्रवाह गरिहरेका छन् । तर गृह मन्त्रालयलेको आधिकारिक साईडमा भने सरुवाबारे कुनै सूचना प्रकाशित भएको छैन ।

५ चैत्र २०८१, मंगलवार २२:३७  मा प्रकाशित

Write your Comment