बारा २९ चैत्र :
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन सिमरामा सुरु भएको छ। अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै पौडेलले जनताको सुख दुःखमा सगै रहने पार्टी एमाले मत्रै भएको उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पौडेलले जनताका समस्याहरू समाधानका लागि लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नु भयो ।
त्यसैगरी अर्का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री एवं कार्यक्रमका प्रमुख वक्ता ज्वालाकुमारी साहले कार्यकर्तामा आधारित पार्टी एमाले भएकोले एमालेमाथि भएको घेराबन्दी तोड्न सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
उपमहानगर कमिटीका अध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा केन्द्रीय कमिटी सदस्यहरू एकवाल मिया,मञ्जु थापा, सरस्वती देवी चौधरी नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,प्रदेश कमिटी सदस्यहरु देवनारायण चौधरी, सुन्दर बिक, किशोर शर्मा, सीता सुवेदी, सुभद्रा न्यौपाने,चयन गुरुङ, एमाले बाराका अध्यक्ष अध्ययनन्द पाण्डे, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराललगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नगर सचिव रत्न उप्रेतीले गर्नुभएको थियो भने स्वागत त्रिलोक विक्रम शाह र झपेन्द्र बरालले गर्नुभएको थियो। अधिवेशनको बन्दसत्र शुक्रबार बिहान ११ बजेदेखि सुरु हुनेछ अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ।