एमाले जीतपुरसिमराको अधिबेशनमा अध्यक्ष सहित त्रिलोक विक्रम शाहको प्यानल पदाधिकारीमा विजयी

३ बैशाख २०८२, बुधबार ००:१८ प्रकाशित

नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीको अध्यक्ष त्रिलोक विक्रम शाह प्यानल सहित विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय ३२६ मत खसेको थियो ।
अध्यक्ष पदमा त्रिलोक विक्रम शाहले २०७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी ताराबहादुर बस्नेत‘हिरा’ले १०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कैमुद्दिन अंसारी १८७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी सुनीलकुमार गुप्ताले १२२ मत प्राप्त गरेका छन् ।

सचिव पदमा रविन्द्रराज भण्डारी विजयी भएका छन् । भण्डारीले १६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी रमेशकुमार पौडेलले १३८ मत प्राप्त गरेका छन् ।

उपसचिव खुल्लामा विष्णुप्रसाद सापकोटा १९५ मत सहित विजयी भएका छन् । उनका प्रतिद्वन्दी इम्तियाज आलमले १०१ मत प्राप्त गरेका छन् ।

उपसचिव महिला तर्फ अलौपीया चौधरी निर्वाचित भएकी छन् । चौधरीले १८२ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्दी समिता शर्माले १२४ मत प्राप्त गरिन् ।

नगर अधिवेशनमा विजय प्राप्त गरेपछि अध्यक्ष त्रिलोक विक्रम शाहले निर्वाचनको प्रकृयामा देखिएका स्वभाविक मतभेदहरु आजैबाट अन्त्य भएको भन्दै बलीयो पार्टी निर्माणमा सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताएका छन् । एमाले जीतपुरसिमराका सबै प्रतिनिधिहरुलाई अध्यक्ष निर्वाचित शाहले धन्यबाद दिएका छन् ।

३ बैशाख २०८२, बुधबार ००:१८  मा प्रकाशित

Write your Comment