काठमाडौं ६ असोज
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि प्रस्ताव पेश गर्ने जुरिच इन्टरनेशनल एयरपोर्ट एजी बाहेक ६ वटा कम्पनी अयोग्य ठहरिएका छन् । जुरिच इन्टरनेशनल एयरपोर्ट एजीमात्र योग्य देखिएको लगानी बोर्डले जनाएको छ ।
बोर्डको सोमबार बसेको बैठकले जुरिचसँग निजगढ विमानस्थल निर्माणका लागि विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको छ । यो स्वीजरल्याण्डको जुरिच एयरपोर्टको स्वामित्वमा रहेको कम्पनी हो । यसले अन्य देशमा एयरपोर्ट सन्चालन र व्यवस्थापनको काम पनि गर्छ ।लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत तीन अर्ब अनुमान गरेको छ । सरकारले लगानी सम्मेलनमा निजगढ विमानस्थल निर्माणलाई सोकेसमा राखेको थियो । यसको निर्माणमा सात वटा कम्पनीले इच्छा देखाएका थिए ।