बारा ३० चैत्र :
नेकपा एमाले बाराका युबा नेता मनोज पौडेलले षड्यन्त्र पुर्बक ढंग बाट जितपुरसिमरा उपमहानगरपालिकालाइ असफल बनाइएको बताउनु भएको छ । नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को प्रभात टोल भेलालाइ सम्बोधन गर्दै पौडेलले माओवादी,काङ्ग्रेसको बहुमत रहेको जितपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिकामा नगर प्रमुख, उप प्रमुख जितेता पनि एमालेको बहुमत नभएकोले बिपक्षीले काम गर्न नदिएको दाबी गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले एमालेले जिते मात्र उपमहानगरको बिकास हुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य कमला घिमिरे, अमृतलाल श्रेष्ठ,नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य कासिम हुसेन,नगर सचिव रत्न उप्रेतीलगायतले सम्बोधन गर्नुभएको थियो । वडा कमिटी अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिव विशाल घिमिरे तथा स्वागत मन्तव्य बेलि पाठकको रहेको थियो । साथै टोल भेलाबाट दामोदर गौतमको अध्यक्षतामा ३५ सदस्यिय प्रभात टोल कमिटी गठन गरेको छ । गठित कमिटिको उपाध्यक्षमा निरमाया लामा, सचिवमा स्वस्थानि सुबेदि, सहसचिव मा सन्जु रेग्मी, सिताराम नेपाल लगायत रहेका छन् ।