बारा १९ जेष्ठ :
पर्साकाे पर्सागढी नगर कार्यपालिका को कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले,जसपा र लोसपा सहितको प्यानल बिजयी भएको छ । बिहीवार ८ कार्यपालिका सदस्यकाे लागि भएकाे निर्वाचनमा नेकपा एमालेका ६ जना, जनता समाजवादी पार्टी (जसपा) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का १/१ जना विजयी भएका छन् ।
दलित वा अल्पसंख्यक सदस्यमा एमालेका माेहन लाल महताे, दिल बहादुर भुजेल र जसपाका असलम आलम विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सागढीले जनाएकाे छ । निर्वाचन कार्यालयका अनुसार एमालेका महताेको ३० मत, एमाले कै भुजेल २६ मत र जसपाका आलम २४ मत ल्याएर विजयी भएका हुन् ।
उनीहरुका प्रतिस्पर्धी अजय कुमारले २३ मत, नेपाली कांग्रेसका महमद आलिम मियाँ र कांग्रेस कै निरन्जन कुमार साह १६ मत पाएका थिए ।
महिला सदस्यमा एमालेका सिता देवी लामा, चन्दा देवी थरुनी, सविता गिरी, लक्ष्मी बिश्वकर्मा र लाेसपाकी सुनिता कुमारी देवी विजयी भएका छन् । एमालेकी सिता २८ मत, एमालै कै चन्दा, सविता, लक्ष्मी र लाेसपाकी सुनितले २६/२६ मत ल्याएर विजयी भएका हुन् ।
उनीहरुका प्रतिस्पर्धी जसपाकी इन्द्रा देवी सहनी, तेतरी देवी, लालसा देवी चमइन, कांग्रेसकी चन्दा पटेलले २१/२१ मत र कांग्रेसकी उम्रावती देवीले १९ मत पाएका थिए ।
९ वटा वडा रहेकाे पर्सागढी नगरपालिकामा एमाले मेयर, उप मेयरसहित २ वडाध्यक्ष, कांग्रेस ३ वडाध्यक्ष, जसपा २ वडाध्यक्ष र लाेसपा एक वडाध्यक्षमा चुनाव जितेका छन् भने एउटा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
४७ मतदाता रहेकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा एउटै दलका उम्मेदवारले फरक फरक मत पाएका हुन ।