बारा १० असार :
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा नगरप्रमुख राजन पौडेलका कारण स्थगित भएको छ । प्रमुख पौडेलले वडाको सिलिङ र लक्षित वर्गको वजेट कार्यपालिका बाट निर्णय नै नगराई नगरसभामा प्रस्तुत गर्न खोजेपछि वडा अध्यक्षहरुले विरोध जनाएका थिए । वडा अध्यक्षकाे विरोधपछि नगरसभा स्थगित भएको छ । यसरी बिरोध जनाउनेमा नेकपा एमालेबाट निर्वचित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु र एकीकृत समाजवादीका वडा अध्यक्ष रहेका छन । गत वर्ष झण्डै २ करोड ५० लाख भन्दा बढी बजेट हाम्रो वडामा विनियोजन गरिएकोमा यसवर्ष नगरप्रमुखले एक करोड १४ लाख बजेट छुट्याएका छन् त्यो हाम्रो लागि मान्य छैन वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र चौधरीले भने । त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्कीले वडाको बजेट छुट्याएर नगर कार्यपालिकामा सिलिङ पेश नगरेको उल्लेख गर्दै जबसम्म कुन शीर्षकमा कति बजेट विनियोजन गर्ने हो त्यसको विवरण न आए सम्म नगरसभा सुरु गर्न नहुने स्पष्ट पार्नुभयो । नगर प्रमुखले करिब ५४ करोड पुजिगत मध्ये २८ करोड वडालाइ छुट्याएर २६ करोड आफ्नो भागमा राखेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका थिए ।